Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

अहिले सङ्घमा ‘स्टन्टबाजी’को सरकार छ । जिल्लाँ पनि सरकारको लय र तालाँ हिँड्न नसक्ने कार्जेलय प्रमुख र जेन–जीहरू डायनोसर होलान् कि भन्ने तेस्रो आँखालाई पर्नु पिर लागिराख्या छ । सदरमुकामवासीलाई पानी खुवाउने संस्थाँ उपभोक्ताले अदुअआमा उजुर हाल्लान् भनेर सचिव अनशन बस्ने, मेयर सा’बले २४ घण्टापछि जुस खुवाएर तोडाउने, सोही दिन डेपुरी मेयर म्याडमको माग समावेश गरिदिन अनशनकर्तालाई अनुरोध गर्ने, अध्यक्षले अनशनमा संस्थाको सरसल्लाह र संलग्नता नरहेको भन्ने, यी सब संयोग हो कि पानी राजनीति हो, उपरका आदमी नै जानून् । पानी वितरण गर्ने संस्था काङ्ग्रेस, एमालेका पकडमा रहेनि सरकार भने घन्टीको हुँदा केही पदाधिकारी रास्वपामा प्रवेश गरे भने आजर्से नमाने हुने भो साहिँला !


देशैभरि राज्यको डोजरआतङ्क चल्दा न्वाँकोटाँ नचल्ने कुरै भएन । अल्छी सडक आयोजनाले सुरक्षाकर्मी लगाएर देवीघाटदेखि उत्तरगयाधामसम्म सडकआसपासका घर, टहरा उँधिनेनि अधिकांश घरटहराको मुआब्जा निर्धारण बाँकी रहेसि काम देखिएला र ओझा सर ? सडक विस्तारका लागि बिजुली र टेलिकमको पोलदेखि रूख कटान, खानेपानीको पाइप व्यवस्थापन कुन सरकारका पालाँ होला, प्रहरी प्रशासन नै बोलून् । एक बर्साँ एक मिटर सडक बनाउन नसक्ने आयोजनाको भत्ता शीर्षकाँ भने रेकर्ड नै ब्रेक भएको अदुअआले नै खोजीनिधी गरोस्, नागरिकलाई बिनसित्ती केको टिनटिन !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह