Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयामा मौरीपालन तालिम सम्पन्न

उत्तरगयामा मौरीपालन तालिम सम्पन्न
त्रिशूली प्रवाह
४२ मिनेट अगाडी

विदुर । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय र उत्तरगया गाउँपालिका रसुवाको साझेदारीमा गृहणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएको व्यावसायिक मौरीपालन तालिम वैशाख १० गते सम्पन्न भएको छ ।

पालिकाको महिला शाखाले खाल्टेमा सञ्चालन गरिएको १५ दिने मौरीपालन तालिम गत चैत २६ देखि सञ्चालन भएको थियो । तालिममा २६ जना महिलाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखाका अध्यक्ष भीमप्रसाद अधिकारीले गर्नुभएको थियो । तालिम समापन कार्यक्रममा सहभागी हुनुभएका पालिका प्र्रमुख माधव अर्याल, उपप्रमुख चमेली लामा र प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले मौरीपालन व्यवसायलाई आम्दानीको महत्त्वपूर्ण स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पालिकाले तालिम लिएकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । समापन कार्यक्रममा सहभागीको तर्फ बाट कमला अधिकारी र कमली मोक्तानले आफ्नो अनुभव राख्दै तालिमले मौरीपालनसम्बन्धी सिप तथा ज्ञान बढाउन सहयोग पुगेको बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह