Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

मेरोमाइक्रोफाइनान्सको नाफा करिब रू १५ करोड

मेरोमाइक्रोफाइनान्सको नाफा करिब रू १५ करोड
त्रिशूली प्रवाह
५६ मिनेट अगाडी

बट्टार । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा रू.१४ करोड ८५ लाख ७५ हजार छ सय छ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा रू.१२ करोड ९३ लाख ५५ हजार पाँच सय १४ रहेको थियो ।

हाल चुक्ता पुँजी रू.एक अर्ब ४८ करोड ६४ लाख दुई हजार पाँच सय रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा रू.चार अर्ब ४७ करोड ७० लाख ९३ हजार निक्षेप सङ्कलन गरी रू.१५ अर्ब ५६ करोड ३० लाख ३६ हजार पाँच सय ७१ कर्जा प्रवाह गरेको छ । सो अवधिमा रू.८३ करोड २३ लाख ११ हजार पाँच सय एक खुद ब्याज आम्दानी गरेको संस्थामा १८ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले रू.तीन अर्ब ९८ करोड ८९ हजार आठ सय निक्षेप सङ्कलन गरी रू.१४ अर्ब ७९ करोड ४२ लाख आठ हजार चार सय ४० कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा रू.७३ करोड ८२ लाख १२ हजार छ सय ९६ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह