Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

कृषि हाटबजार

विदुर-९ मा शनिबार  : ४ मा आइतबार

कृषि हाटबजार
त्रिशूली प्रवाह
४ घण्टा अगाडी

विदुर । विदुर नगरपालिका र लायन्स क्लब अफ नुवाकोटको संयुक्त लागत साझेदारीमा विदुर-९ को वडा कार्यालय परिसर बाघटारमा शनिबार र विदुर-४, बट्टार हावाघर चोकमा आइतबार कृषि हाटबजार सञ्चालन भइरहेको छ । बाघटारमा गत मङ्सिर २६ र पुस ४ गते शुक्रबार र त्यसपछि शनिबार हाटबजार सञ्चालन हुँदै आएको छ भने वडा नम्बर ४ ले उपलब्ध गराएको स्थानमा यही वैशाख १३ गते आइतबारदेखि बिहान ८ देखि १२ बजेसम्म कृषि हाटबजार सञ्चालन भइरहेको लायन्स हाटबजार व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिनुभयो ।

नगरपालिका र क्लबको संयुक्त लागत साझेदारीमा बागटारमा हाटबजारका लागि पूर्वाधार (स्टल) निर्माण भएपछि गत मङ्सिर २६ देखि हरेक शनिबार हाटबजार लागिरहेको छ । सो स्थानमा नगरपालिकाको रू.१० लाख र लायन्स क्लब अफ नुवाकोटको रू.पाँच लाखमा संरचना निर्माण भएपछि हाटबजार सुरू गरिएको हो । दुवै स्थानमा फरकफरक बार सञ्चालन भइरहेको हाटबजारमा उत्पादक कृषक र उपभोक्ताको हरेक हप्ता उपस्थिति बढिरहेको लायन्स हाटबजार व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताउनुभयो । शनिबार र आइतबार फरकफरक स्थानमा हाटबजार सञ्चालन हुने भएकाले जिल्लावासी कृषकलाई तरकारी तथा फलफुल बिक्रीका लागि ल्याउन अनुरोधसहित निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको छ । किसानले उत्पादन गरेका कृषि उपज सामाग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामाग्री हाटबजारमा उचित मुल्यमा बिक्री गर्ने प्रबन्ध मिलाई उपभोक्ताले ताजा र गुणस्तरीय सामाग्रि सहुलियत शुल्कमा पाउने व्यवस्थाको सुनिश्चित गरिएको छ । “किसानले उत्पादन गरेका सामाग्रि बिक्री गर्न नगरले निःशुल्क स्थान उपलब्ध गराएकाले सहुलियत शुल्कमा उपभोक्ता समक्ष प्रत्यक्ष पु¥याउन सहज बन्नेछ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “उपभोक्ताबाट गरिएको माग अनुसारर सञ्चालनमा ल्याइएको हाटबजारमार्फत कृषि सामाग्रिमा नदेखिने गरेर भइरहेको विचौलिया अन्त्य गर्न सकिने विश्वास छ ।”

किसानले उत्पादन गरेका सामाग्री व्यवसायीमार्फत उपभोक्ता माझमा पुर्याउँदा यसबीचमा हुने विभिन्न चरणका कारोबारले लगानी दोब्बर पुग्ने गरेको छ । किसानले लगानीअनुसार मुल्य नपाएको गुनासो र उपभोक्ताले लगानी गरेको महङ्गो शुल्कमा ताजा र गुणस्तरीय सामाग्री नपाएको समस्याको प्रमुख कारण व्यवसायका नाममा देखिएका विचौलियाको गतिविधि रहेको छ । सोही गुनासो र समस्यालाई मध्यनजर गर्दै नगरपालिकामार्फत गठित समितिले गरेको अध्ययन र दिएको सिफारिसको आधारमा हरेक शनिबार र आइतबार सेवा दिने गरेर हाटबजार केन्द्र सञ्चालमा ल्याएको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । किसान र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले नगरपालिकाले गत मङ्सिरदेखि सञ्चालनमा ल्याइएको हाटबजारको प्रभावकारिता देखिएकोले थप स्थानबाट आएको मागको आधारमा वडा नं ४ स्थित हावाघरमा हाटबजार केन्द्रको विस्तार गरिएको समेत उहाँले बताउनुभयो । हाटबजारमा किसान तथा उद्यमीको उत्पादित सामाग्री बिक्रीको लागि निःशुल्क स्थान उपलब्ध, मुल्य निर्धारण, विक्रीको सुनिश्चितता नगरपालिकाले गरेको छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह