Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४ घण्टा अगाडी

गाउँमै सिंहदर्बारको अधिकार प्रयोग गर्नेहरूलाई राष्ट्रपति रनिङ सिल्ड घाँडो भएको चाल नपाउने न्वाँकोटाँ कोही नि भएन नि गाँठे ! स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भनेर सङ्घ सरकारले जति चिच्चाए नि राष्ट्रपति बनेकाहरूले राष्ट्रिय झन्डाभन्दा पाटीको झन्डा बोक्न तम्सेसि रनिङ सिल्ड ठाँडो पाउने प्रतियोगिता आगामी वर्ष जिल्लाँ हुने-नहुने नि भगवान् भरोसा मात्र पो भो । नतिजा सार्वजनिक गर्न नसक्ने, आगामी वर्ष विद्यालयलाई झन्डा हस्तान्तरण गर्ने र मिति तोक्नुपर्ने आँटसमेत नगर्ने खेलकुद समिति पनि खारेजै भो भने नि आसर्जे नमाने भो ! प्रतियोगिताका लागि आधा दर्जन पालिकाले प्रतिस्पर्धा नै नगराई खेलाडी छानेर पठाएसि यसको महत्त्व घटेको हो कि पालिका सरकारको प्राथमिकतामा खेलकुद नपरेको हो, माननीय लाम्छाने नै जानून् । कोरियाबाट खेलकुदाँ विद्यावारिधि हानेका सांसद जिल्लाकै भएनि राष्ट्रपति सिल्ड विवादमा पर्नु पालिका प्रमुख काङ्ग्रेस-कम्युनिस्टका भएर हो कि, कसो वैद्य म्याडम् ?

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह