Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिकालाई

राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिकालाई
त्रिशूली प्रवाह
५ घण्टा अगाडी

धुन्चे । रसुवामा सञ्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजनामा १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ वैशाख ९ देखि ११ गतेसम्म सञ्चालन भएको थियो ।

कालिकाले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १९ स्वर्ण, १० रजत र ६ कांस्य गरी कुल ३५ पदक जित्दै उपाधि जितेको हो । प्रतियोगितामा उत्तरगया गाउँपालिकाले १० स्वर्ण, १३ रजत र सात कांस्यसहित ३० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने गोसार्इँकुण्ड गाउँपालिकाले चार स्वर्ण, दुई रजत र १६ कांस्यसहित २२ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । आमाछोदिङ्मो गाउँपालिकाले दुई स्वर्ण र एक कांस्यसहित तीन पदक जितेको छ भने नौकुण्ड गाउँपालिकाले एक स्वर्ण, ११ रजत र १६ कास्य गरी २८ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जिल्लाका पाँचवटै गाउँपालिकाबाट करिब तीन सय खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन वैशाख ९ गते बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले र समापन बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले गर्नुभएको थियो ।

समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वुसाङ्बो घले, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, गोसार्इँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङलगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह