धुन्चे । रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पहिलो पटक कला संस्कृति जर्गेना गर्ने उद्देश्यले मगलबारदेखि एक महिना गीत तथा माने प्रशिक्षण सुरू भएको छ । गोसाईँकुण्ड वडा नं ६ कार्यालय धुन्चेको सहयोगमा धुन्चे कला संस्कृति जर्गेना गर्न गीत तथा माने प्रशिक्षण सुरू भएको हो ।
गीत गाएर माने नाच्ने प्रशिक्षणले कुनै पनि घ्यावा, बिहे, पर्व तिथिमा यसले महत्त्वपूर्ण भुमिका खेल्ने र संस्कृति परम्परालाई जोगाउन मद्दत पुग्ने गोसाईँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । पुर्खादेखि चलिआएको गीत तथा माने हामी छँदा त निरन्तरता पाउँछ होला तर अहिलेको नवपुस्ताले यसलाई पन्छाउने होकि भन्ने चिन्ता लागेको धुन्चेको स्थानीय प्रतिमा घले बताउनुभयो । यो एक महिने प्रशिक्षणले पक्कै पनि धुन्चेवासीलाई हौसला र पछिल्लो पुस्तासम्मले बुझ्न सक्ने हुने विश्वास अर्का स्थानीय देकी तामाङले बताउनुभयो । हाम्रो परम्परा, धर्म र संस्कृतिसँग जोडिएको गीत तथा माने प्रशिक्षण दिएर पुण्य कमाउने काम गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । संस्कृति संरक्षण र जगेर्ना गर्न सबैले हातेमालो गरेर अगाडि बढेमा यो प्रशिक्षण सार्थक रहने आयोजक वडाका अध्यक्ष दावासिदार वाईवाले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।.







प्रतिक्रिया