+
Search

ताजा अपडेट +

पपुलर +

केन्द्रीय सदस्य कार्की र अमात्यलाई स्वागत

केन्द्रीय सदस्य कार्की र अमात्यलाई स्वागत
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो मंगलबार सम्पन्न निर्वाचनबाट जिल्ला नगर खुलातर्फबाट विजयी नुवाकोटका दुई व्यवसायीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले सोमबार स्वागत तथा सम्मान गरेको छ । जिल्ला नगर खुलातर्फको नतिजामा १५ जना विजयी भएका छन् ।

Utsuk Books & Stationery

महासङ्घको कार्यसमितिका लागि भएको निर्वाचनमा एक सय २९ मतबाट जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, महासङ्घका निवर्तमान कार्यसमितिका सदस्य एवं जिल्ला परिषद्का निवर्तमान उपसभापति ताराबहादुर कार्की र जिल्ला नगरका महिला सदस्यतर्फ सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष गीता अमात्य निर्वाचित हुनुभयो । मतगणनाको अन्तिम परिणामानुसार कार्की ९० र अमात्य ८१ मत प्राप्त गरी विजयी हुनुभएको हो । महासङ्घका केन्द्रीय सदस्यमा कार्की दोस्रो कार्यकाल र अमात्य पहिलो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँहरूको सम्मान र स्वागतमा सङ्घले गरेको कार्यक्रममा सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वाध्यक्ष शरण उत्सुक र द्वितीय उपाध्यक्ष सबिन राजभण्डारीले व्यवसायीका पक्षमा काम गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह