Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

मौरीपालनको सम्भावना र चुनौती

मौरीपालनको सम्भावना र चुनौती
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय व्यावसायिक कीट विकास फार्म चित्तपोल, भक्तपुरको आयोजनामा तिनदिने कृषकस्तरमा व्यावसायिक मौरीपालन तालिम कृषि विकास कार्यालय ढुङ्गेमा सम्पन्न भएको छ ।

यही वैशाख २४ देखि २६ गतेसम्म सञ्चालित तालिममा जिल्लाका ३० कृषक सहभागी रहेको कृषि विकास कार्यालयका देवेश साङ्पाङले जानकारी दिनुभयो । तालिमको सहजीकरण व्यावसायिक कीट विकास फार्मका प्राविधिक अनिष अर्याल र गिर्वाण ओलीले तथा अभ्यास सहजीकरण मौरीपालन कृषक भीमप्रसाद अधिकारीले गर्नुभएको थियो । मौरी कृषक अधिकारीले सहभागीलाई मौरीपालनको सम्भावना र चुनौतीबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह