Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

देशभरि सर्खारी जग्गा-जमिन अतिक्रमितको विवरण सङ्कलन गर्ने र खाली गराउने प्रतिस्पर्धा चलिरहेका वेला न्वाँकोट जिल्लाका राजा नि के कम छन् र ? प्रहरी बल हुलका हुल लगाएर दुई दिन देवीघाटदेखि बेत्रावतीधामसम्मका सडकका दायाँबायाँ १५-१५ मिटरमा बनेका स्थायी-अस्थायी संरचना हटाउन डोजर चलाएजस्तो गरी चर्चा बटुलेका सटक र प्रहरीका हाकिम पनि अहिले के गरिरा होलान् है ? सुरु गरेको कामको आधा महिनाको प्रगति हात लाग्यो शून्य भएको हेलो सर्खारमा पुग्यो कि पुगेन, चिया-चौतारीमा खासखुस चल्दै छ है साब ।


सङ्घीय सर्खारले स्टन्टबाजी गर्दै साताका दुई दिन बिदा दिने भनी गरेको निर्नयलाई जिल्लाका अधिकांश पालिकाका स्कुलले कार्यान्वयन त गरेनन्-गरेनन्, कार्यकक्षमा पर्धानमन्त्रीको फोटोसमेत राखेको तेस्रो आँखाले देख्नै पाएन । पालिका सर्खार काङ्ग्रेस-कम्युनिस्टको भएर हो कि, सङ्घीय मान्नीयलाई अझै स्वागत गर्ने साइत पनि नजुरेकामा तीनआँखेलाई नलाग्नु नरमाइलो लाग्या छ भन्या । गएको चुनाउमा जिल्लावासीले उम्मेदवार र पाटीका टोले नेता नदेखे नि जय घन्टी भन्दै मत ओइराएकाहर्ले अहिले प्रहरी प्रशासनअगाडि र बिजुली अड्डाको लावारिसे जमिन छाड्नुपर्दा पुर्पुरो समाएर बसेको यिनै फुटेका आँखाले देख्नुप¥यो बाबै ! हुँदाखाँदाको घर, जग्गाजमिनमा डोजर लगाउने हल्लाले निदहराम बनाएसि आफैंले आफूलाई उल्टो लोप्पा ख्वाउनेहरूको बजारमा रुवाबासी पो चलिराख्या छ त दामोदरनाथजी !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह