+
Search

ताजा अपडेट +

पपुलर +

भिडियो एक्सरेबाट पशुको उपचार

भिडियो एक्सरेबाट पशुको उपचार
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला, उत्तरगया गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा रसुवा जिल्लामै पहिलोपटक भिडियो एक्सरे प्रविधिको प्रयोग गरी पशुमा बाँझोपन भए–नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पहिचान गरी उपचारसहित पशुको गर्भ परीक्षण शिविर सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

पछिल्ला वर्षमा पशुपालक किसानको सङ्ख्या घट्दै गएपछि उत्तरगया गाउँपालिकाको पशु सेवा शाखाले पहिलोपटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो । विशेषगरी उत्तरगया ४ र ५ का दुग्ध उत्पादक किसानलाई लक्षित गरेर विशेषज्ञ टोली त्यस क्षेत्रमा पठाइएको पशु सेवा शाखाले जानकारी दिएको छ । यसअघि आँखाले हेरेर तथा लक्षणका आधारमा मात्र रोग पहिचान गरिने गरिएकोमा अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानमा नयाँ आशा पलाएको स्थानीय शिवराज आचार्यले बताउनुभयो । विज्ञ टोलीले कर्मीडाँडा, लहरेपौवा, बेत्रावती तथा बनुवा गाउँका घरघरमा पुगेर सेवा दिएका थिए । शिविरमा गाउँपालिकामा कार्यरत पशु सेवा प्राविधिकलाई भिडियो एक्सरेको माध्यमबाट गर्भ परीक्षण, बाँझोपन पहिचान तथा त्यसको उपचार गर्ने विधिबारे अभिमुखीकरणसमेत गरिएको थियो ।

घरदैलो शिविरमा पशुले किला–काँटी खाए–नखाएको तथा पशुले राँगो–साँढे खोजे–नखोजेकोसमेत आधुनिक मेसिनको प्रयोग गरी पहिचान गरिएको थियो । शिविरमा ३५ भन्दा बढी पशुको परीक्षण गरिएको जानकारी पालिकाले दिएको छ । मान्छेमा जस्तै पशुमा पनि भिडियो एक्सरेको प्रविधिबारे पहिलोपटक थाहा भएर आँखैअगाडि आफ्नै गोठमा गरिएको परीक्षण एकदम अनौठो र अचम्मित लागेको कृषक रमेश अधिकारीले बताउनुभयो । यस्तो प्रविधिको प्रयोग आगामी वर्ष पालिकाको सबै टोल र घरमा पु¥याउन पहल गर्ने उत्तरगया–५ का अध्यक्ष यमनाथ आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह