विदुर । नुवाकोट मोबाइल व्यवसायी सङ्घका अध्यक्षमा सरोज श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बान्द्रेमा आयोजित सङ्घको प्रथम वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
सङ्घको उपाध्यक्षमा लोकेश प्रधान, सचिवमा सुरेश अर्याल, कोषाध्यक्षमा विकास न्यौपाने र सदस्यमा समीर भुजेल, विरिलाल महतो, शंकर पाठक, सुवास श्रेष्ठ, दिनेश घिमिरे, सकिल खान, मिलन क्षेत्री, राजेन्द्र श्रेष्ठ, रितेशबहादुर श्रेष्ठ, मुन्ना गिरी, मिलन क्षेत्री, अनिश ढकाल र प्रभात गलान चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य बद्री कुँवरले गर्दैै व्यावसायिक हकहितका लागि सङ्घमा आबद्ध हुन जिल्लाका व्यवसायीलाई आग्रह गर्नुभयो । व्यवसायीबिच अवस्थ प्रतिस्पर्धा रोक्न सुझाव दिँदै उहाँले मोबाइल व्यवसायीलाई सरकारले प्रोत्साहन र सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष सविनराज राजभण्डारीले मोबाइल व्यवसायीलाई सङ्घमा दर्ता गर्न आह्वान गर्दै करको दायरामा आउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा नुवाकोटका सबै मोबाइल व्यवसायीलाई सङ्घमा आबद्ध गराएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।







प्रतिक्रिया