Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

डा.थापाको स्मृतिमा ग्रन्थ प्रकाशित

डा.थापाको स्मृतिमा ग्रन्थ प्रकाशित
त्रिशूली प्रवाह
१२ घण्टा अगाडी

काठमाडौँ । नुवाकोट जिल्लाकी कम्युनिस्ट नेतृ डा.बिहानी थापाको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा डिल्लीकुमारी (डा. बिहानी) स्मृति सेवा समाजले ‘सम्झनामा डा.बिहानी थापा’ संस्मरण सङ्ग्रह प्रकाशन गरी विमोचन गरेको हो ।

डा.थापाको लामो समय अर्बुदरोगबाट पीडित भई विसं २०८१ भदौमा उपचारका क्रममा भारतमा मृत्यु भएको थियो । डा.थापा जेन-जी आन्दोलनको प्रतीक हुनुहुन्थ्यो । विसं २०६०/०७० तिर डा.थापा राजनीतिसँगै निजी व्यवसायमा पनि आबद्ध हुनुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीका नेता हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्युनिस्ट नेता केशव नेपाल, महिला नेतृ हिसिला यमी, नेपाल सरकारका प्रशासक रुद्रसिंह तामाङ, कृष्ण अधिकारी, गणेश पण्डित, स्मृति केन्द्रका अध्यक्ष कुमार पण्डित, पुस्तकका सम्पादक बलराम फुयाँल, साहित्यकार हरि फुयाँल, नुवाकोटका प्रथम सहिद राजन रायमाझीकी आमा अम्बिका रायमाझी, न्यु एरा एकेडेमीका अध्यक्ष राजन कुँवरलगायतले स्व. थापाका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री तामाङले डा. थापा नुवाकोट जिल्लाको कम्युनिस्ट आदर्श भएकाले सबैले उहाँप्रति श्रद्धा गर्नुपर्ने बताउँदै उहाँ बाँचुन्जेल कर्मशील र सङ्घर्षशील महिला नेतृका रूपमा हुनुभएको विचार राख्नुभयो ।

पूर्वमन्त्री यमीले डा.थापा नजिकको मिल्ने साथी भएको बताउँदै क्यान्सर लागेको अवस्थामा पनि तीन वर्षमा पिएचडी गर्नु कुनै चानचुने कुरा नभएको र त्यो पनि महिला सशक्तीकरणका क्षेत्रमा आफ्नै भूमिकालाई चित्रण गरिएको हुँदा थेसिसलाई पुस्तकका रूपमा प्रकाशन गर्न आवश्यक भएको बताउनुभयो । कार्यक्रममा स्व.थापाका बुबा श्यामबहादुर थापाले छोरीका नाममा स्मृति ग्रन्थ निकाल्ने चाहना पूरा भएको र किताब निकाल्न सहयोग गर्ने नेता तामाङ, पञ्चकन्या गाउँपालिकालगायत लेख उपलब्ध गराउने सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह