Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

समुदायको वनलाई उत्पादनमुखी र व्यवस्थित बनाउन आवश्यक

समुदायको वनलाई उत्पादनमुखी र व्यवस्थित बनाउन आवश्यक
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

धुन्चे । वन संरक्षणलाई जोड दिन फलफूल तथा आयमूलक बिरुवा रोपेर समुदायको आर्थिक अवस्था सुधार गर्न आवश्यक रहेको बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले समुदायको वनलाई उत्पादनमुखी र व्यवस्थित बनाउनसमेत आग्रह गर्नुभएको छ ।

गत वैशाख ११ गते शुक्रबार जिल्ला डिभिजन कार्यालय रसुवाले गरेको रसुवाका सामुदायिक वनको वर्तमान अवस्था, चुनौती, अवसर तथा जलवायु परिवर्तनको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा रसुवा पुगेका मन्त्री केसीले उक्त कुरा राख्नुभएको हो । कार्यक्रममा त्रिशूलीपारिका वनजङ्गललाई प्रभावकारी संरक्षण गर्दै फलफूलबाट आर्थिक लाभ लिने लक्ष्यसहित छलफल गरिएको डिभिजन वन अधिकृत शम्भु तामाङले जानकारी दिनुभयो । यस्तै, मन्त्रालयका सचिव डाक्टर केदार बरालले कार्यक्रमको अवसरमा जलवायु परिवर्तन न्यूनीकरणमा वनको भूमिका महत्त्वपूर्ण रहेकाले वृक्षारोपणका संरक्षण नीति कार्यान्वयन र समुदायको सक्रिय सहभागिता धेरै हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह