+
Search

ताजा अपडेट +

पपुलर +

रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता जेठ २९ देखि विदुरमा

रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता जेठ २९ देखि विदुरमा
त्रिशूली प्रवाह
४ महिना अगाडी

विदुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आयोजनामा यही जेठ २९ देखि ९औँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । प्रतियोगिता जेठ २९–३१ गते विदुर–४ स्थित इलम प्रशिक्षण केन्द्र परिसर विदुरमा हुने छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले प्रतियोगिताका संरक्षकमा विदुर नगरपालिका तथा स्थानीय आयोजकमा नुवाकोट उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा नुवाकोट रहेको जानकारी दिनुभयो । बुधबार प्रतिष्ठानका अध्यक्ष थापासहित पदाधिकारी, सल्लाहकार र नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नं १० का वडाध्यक्ष गणेश नेपाल, उद्योग वाणिज्य सङ्घ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ र पूर्वाध्यक्ष शरण उत्सुकलगायतको संयुक्त बैठकले प्रतियोगिताको स्थान छनोट र कार्यक्रम सञ्चालन र बारेमा निर्णय गरेको प्रतिष्ठानका केन्द्रीय सदस्य भरत बराकोटीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रू.तिन लाख, द्वितीयलाई रू.दुई लाख, तृतीयलाई रू.एक लाख, सान्त्वनालाई रू.५० हजार, उत्कृष्ट गायकलाई रू.२५ हजार, उत्कृष्ट गायिकालाई रू.२५ हजार, उत्कृष्ट नवगायकलाई रू.१५ हजार, उत्कृष्ट नवगायिकालाई रू.१५ हजार, अनुशासित गायकलाई रू.१५ हजार, अनुशासित गायिकालाई रू.१५ हजार, उत्कृष्ट वेशभूषमा दुई जनालाई रू.१५/१५ हजारको दरले नगद पुरस्कार दिइने प्रतिष्ठानका केन्द्रीय सदस्य दिनेश काफ्लेले बताउनुभयो ।

कार्यक्रममा सातै प्रदेश, काठमाडौँ उपत्यका समन्पय समिति तथा विदेश विभागसमेत गरी उत्कृष्ट १८ प्रतियोगी कलाकार वा समूहबीच प्रतिस्पर्धा गराइने जानकारी प्रतिष्ठानका केन्द्रीय सल्लाहकार उज्ज्वलजङ्ग ठकुरीले दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह