धुन्चे । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को सार्वजनिक भएको नतिजाअनुसार रसुवा जिल्लाको पाँचवटा पालिकामध्ये गोसाईँकुण्ड गाउँपालिकाको नतिजा उत्कृष्ट रहेको छ । गोसाईँकुण्डका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार गाउँपालिकामा रहेका चारवटै विद्यालयबाट परीक्षा दिएका ६७ जना विद्यार्थी एसइईमा ग्रेडेड (उत्तीर्ण) भएका छन् । पालिकाबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ ।

दुई सरकारी रसुवा मावि, कोमिन श्यामेवाङफेल मावि र निजी विद्यालय हाइल्यान्ड आवासीय मावि, नमुना एभरग्रिन अङ्ग्रेजी बोर्डिङ स्कुलका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसमध्ये नमुना एभरग्रिन अङ्ग्रेजी माविकी छात्रा सोनिया तामाङ चार जिपिए ल्याएर जिल्ला प्रथम भएकी छिन् । परीक्षामा सहभागी रसुवा माविबाट १९, कोमिन श्यामेवाङफेल माविबाट १३, हाइल्यान्ड आवासीय माविबाट २५, नमुना एभरग्रिन अङ्ग्रेजी माविबाट १० गरी ६७ जना सहभागी भएकामा सबै ग्रेडेड भएको पालिकाले जनाएको छ । जिल्ला प्रथम भएकी सोनियालाई पालिकाले सम्मान गरेको छ ।







प्रतिक्रिया