Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

अहिले मुलुकाँ ट्याउँट्याउँ कराउने होइन, काम गर्ने प्रधानमन्त्री छन् भन्ने कुरा राजनीतिक दलहरूले किन नबुझेका यार ! निर्वाचन लड्दै गर्दा नै उनले भनेकै थिए नि, म बोल्न होइन काम गर्न आएको । यति हेक्का पनि राख्न नसक्ने केका प्रतिपक्षी ? बालेनले संसद्मा बोल्नैपर्छ भनेर जति उफ्रेनि तिनलाई कालो लुगा लाएर मुख देखाउन उनी किन आउँथे र भन्या । बोल्दै नबोल्ने, खुरुखुरु निर्णय ठोक्ने, यो हो नि काइता, कसो पाँडेकाजी ?     

                                                             ±                   ±               ±

यता प्राधिकरण हो कि अपराधीकरण भन्ने कार्जालयले विदुरवासीले अतिक्रमित गरेका जग्गा फिर्ता गर्न सूचना प्रकाशन गर्दै प्रहरी–प्रशासन लगाउने धम्की दिएसि जिल्लातिर पीडितहरू भेला गर्न र ज्ञापनपत्र बुझाउन दैनिकजसो लर्को देख्दा तीनआँखेलाई नि निकै करुणा जागेको छ । दक्षिणले ५० वर्षदेखि लिपुलेकको जमिन कब्जा गर्दाचाहिँ रुझेको बिरालोजस्तो हुने, अनि बिजुली अड्डाको खेर गइरहेको जमिन सदुपयोग गरी अन्न उब्जाएर परनिर्भरता कम गरेकामा तक्मा दिनुपर्नेमा उल्टै हटाउने पो भन्छन् जनतामाराहरू । जमिनदार बन्नुभन्दा बिजुली उत्पादनमा ध्यान दिएर बर्सेनि केन्द्रको मर्मत खर्च पूरै स्वाहा पार्ने हाकिम साबलाई सम्पत्ति जाँचबुझ आयोगले डामोस् भन्दै धारेहात लगाउनेहरू त्रिशूली बागटारदेखि तुप्चेसम्म बग्रेल्ती देख्दाचाहिँ त्रिनेत्रलाई खुब मजा लागिराछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह