Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री श्रेष्ठको उपस्थितिमा उद्योगी-व्यवसायीसँग बजेट पूर्वतयारी अन्तरक्रिया

मन्त्री श्रेष्ठको उपस्थितिमा उद्योगी-व्यवसायीसँग बजेट पूर्वतयारी अन्तरक्रिया
त्रिशूली प्रवाह
६ घण्टा अगाडी

विदुर । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा गत मंगलबार नुवाकोटका उद्योगी-व्यवसायीसँग आगामी आवको बजेट पूर्वतयारी तथा उद्योग तथा वाणिज्य प्रशासन एवम् नियमनसम्बन्धी बृहत् अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमबारे कार्यालय प्रमुख सीताराम घिमिरेले जानकारी गराउँदै चालू आवमा सम्पन्न कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा जिल्लाका उद्योगी–व्यवसायीले भोगिरहेको समस्या अवगत गराउँदै व्यवसाय टिकाउने नीति ल्याउन माग गरेका थिए । आगामी बजेटमा व्यवस्थापन, प्याकिङ, प्रशोधन र बजार प्रवद्र्धनका लागि कार्यक्रम ल्याउन सहभागीले सुझाव दिएका थिए । मन्त्री श्रेष्ठले स्थानीय कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन गर्ने नीति मन्त्रालयले लिएको बताउँदै परम्परागत उद्योगलाई दर्ताका लागि सहज गर्ने गरी औद्योगिक व्यवसायी ऐन बनिरहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले विदुर नगरपालिका-४, बट्टार बसपार्कमा बनिसकेको कोसेली घर, विदुर नगरपालिका र लायन्स क्लब अफ नुवाकोटको संयुक्त लागत साझेदारीमा विदुर-४, बट्टार हावाघर तथा विदुर नगरपालिका-९ को वडा कार्यालय बाघटारमा हरेक शनिबार र आइतबार सञ्चालन हुने कृषि हाटबजार स्थलको अवलोकनसमेत गर्नुभयो । अवलोकनपश्चात् मन्त्री श्रेष्ठले बट्टार, हावाघरमा सञ्चालित हाटबजारका लागि आवश्यक भौतिक पूर्वाधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको लायन्स हाटबजार व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण रिजालले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह