+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी नाकाबाट रू.३१ अर्बको सामान भित्रिँदा रू.६ अर्ब ४२ करोड राजस्व सङ्कलन

रसुवागढी नाकाबाट रू.३१ अर्बको सामान भित्रिँदा रू.६ अर्ब ४२ करोड राजस्व सङ्कलन
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला, गोसाईँकुण्ड-२ मा रहेको रसुवागढी नाकाबाट चालू आवको साउनदेखि चैत मसान्तसम्म रू.३१ अर्ब ३० करोड सामान भित्रिँदा रू.छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ ।

Utsuk Books & Stationery

रसुुवा भन्सार कार्यालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म आयातित सामग्रीको मूल्याङ्कनबाट उक्त रकम सङ्कलन गरिएको हो । नाकाबाट आयात हुने सामाग्रीमा नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक आयोजनाका उपकरण, उद्योग तथा मिलका मेसिनरी सामग्री, औद्योगिक कच्चा पदार्थ, लसुन, स्याउ, जलविद्युत् तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, इभी गाडी, तयारी पोसाक रोल कपडा रहेका छन् । भौगोलिक कठिनाइ र वेलावेलामा हुने प्राकृतिक अवरोधलाई पन्छाएर नाकाबाट व्यापार सञ्चालन हुने गरेको छ । गत आसार २४ गते आएको भीषण बाढीले मितेरी पुल बगाएपछि ६ महिना उक्त नाकाबाट हुने व्यापार प्रभावित बनेको भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

भन्सार कार्यालयका अनुसार नेपालबाट चीनतर्फ भने चाउचाउ, बिस्कुट तिब्बत क्षेत्रमा चौँरीलाई खुवाउने, प्याकिङ गरिएको सुक्खा घाँस, बाँसको मुढा, हस्तकलाका सामग्री निर्यात गर्दा रू.६५ करोड बराबरको राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह