Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिताको पहिलो पुरस्कार रू.तिन लाख

रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिताको पहिलो पुरस्कार रू.तिन लाख
त्रिशूली प्रवाह
११ घण्टा अगाडी
  • दोहोरीगीतको महासंग्राम हुँदै,
  • राष्ट्रिय रनिङ सिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ सफल पार्न नुवाकोटवासी सक्रिय,
  • यही जेठ २९-३१ गते स-परिवार विदुर जाऔँ, दोहोरीगीतको रस्वादन गरौँ ।

विदुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आयोजनामा यही जेठ २९ देखि ३१ गतेसम्म विदुर-४ स्थित इलम प्रशिक्षण केन्द्र परिसर विदुरमा हुने ९औँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता २०८३ को पहिलो पुरस्कार रू.तिन लाख रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले प्रतियोगिता सञ्चालनको बारेमा जानकारी दिनुहुँदै सातै प्रदेश, काठमाडौँ उपत्यका समन्वय समिति तथा विदेश विभागसमेत गरी उत्कृष्ट १८ प्रतियोगी कलाकार वा समूहबीच प्रतिस्पर्धा गराइने बताउनुभयो । प्रतियोगितामा द्वितीयलाई रू.दुई लाख, तृतीयलाई रू.एक लाख, सान्त्वनालाई रू.५० हजार, उत्कृष्ट गायकलाई रू.२५ हजार, उत्कृष्ट गायिकालाई रू.२५ हजार, उत्कृष्ट नवगायकलाई रू.१५ हजार, उत्कृष्ट नवगायिकालाई रू.१५ हजार, अनुशासिक गायकलाई रू.१५ हजार, अनुशासित गायिकालाई रू.१५ हजार, उत्कृष्ट वेशभूषमा दुई जनालाई रू.१५/१५ हजारको दरले नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने समेत उहाँले जानकारी दिनुभयो ।

‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ नारालाई कार्यान्वयन गर्ने उद्देश्यले हुन लागेको प्रतियोगिताको प्रमुख संरक्षक संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, संरक्षक विदुर नगरपालिका र टोखा नगरपालिका काठमाडौँ, प्रवद्र्धक नुवाकोट उद्योग वाणिज्य सङ्घ र मुख्य सहयोगी संस्था नुवाकोट निर्माण व्यवसायी सङ्घ रहेको छ । प्रतियोगितालाई सफल बनाउन स्थानीय व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नुवाकोटले पाएको छ भने सह–आयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल वागमती प्रदेश समिति रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह