काहुँले । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्यन एकाइ नुवाकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार किस्पाङ गाउँपालिकाका कृषकलाई कृषि यान्त्रीकरण मर्मतसम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।

तरकारी जोनअन्तर्गतका जिल्लास्तरीय कृषि यान्त्रीकरण मर्मत तालिम तीन दिन सञ्चालन भएको थियो । प्रयोगात्मक अभ्याससहितको तालिम गत वैशाख ३१ देखि जेठ २ गतेसम्म भएको हो । तालिम लिएका २५ कृषकलाई कार्यालय प्रमुख रवीन्द्र पौडेलले समापनका अवसरमा मर्मतका लागि टुलबक्स प्रदान गर्नुभएको थियो । तालिम सम्पन्न गरेका कृषकलाई पालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले प्रमाणपत्र वितरण गर्नुभएको कृषि प्राविधिक भुवन तिमल्सिनाले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।







प्रतिक्रिया