Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

जनजाति आश्रममा योगकक्षा सञ्चालन

जनजाति आश्रममा योगकक्षा सञ्चालन
त्रिशूली प्रवाह
३२ मिनेट अगाडी

विदुर । नुवाकोट जिल्ला, विदुर-२, टारीखेतस्थित जनजाति कल्याण जागृति आश्रममा दैनिक नियमित योगकक्षा गत हप्तादेखि सञ्चालन भइरहेको छ । योग प्रशिक्षक सपना बस्नेतले योगसँगै युवालाई संस्कार, संस्कृति र स्वाभिमानसहित स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ ।

योगकक्षामा विभिन्न योगासन, प्राणायाम तथा ध्यानको अभ्यास गराइन्छ । सहभागीले नियमित अभ्यासमार्फत शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र सकारात्मक सोच विकास गरिरहेका छन् । बिहानको समयमा सञ्चालन हुने यस कार्यक्रमले अनुशासन र सक्रिय जीवनशैली विकासमा पनि सहयोग पु¥याएको आश्रमका संस्थापक सोमप्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारिरहेकोसमेत उहाँले दाबी गर्नुभयो । युवामा स्वास्थ्यप्रतिको चासो बढ्दै गएकाले उनीहरू उत्साहसाथ सहभागी भइरहेको प्रशिक्षक बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह