धुन्चे । गोसाईँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीको आयोजनामा गत वैशाख ३० देखि जेठ २ गतेसम्म सदरमुकाम धुन्चेमा सञ्चालन भएको पाँचौँ पालिका अध्यक्ष खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भीमलाल हिराचन सक्षम सोसाइटी नेपालले हात पारेको छ ।
‘जलविद्युत् पर्यटन रसुवागढी नाका पूर्वाधार र शिक्षा सु-संस्कृत, समृद्ध गोसाईँकुण्ड लाङटाङ हाम्रो सदिच्छा’ भन्ने मूल नाराका साथ भएको उक्त प्रतियोगितामा १० टिमले भाग लिएका थिए । प्रतियोगितामा दोस्रोे सिङबन्दी युवा समाज सिङबन्दी भूमेस्थान, तेस्रो गोसाईँकुण्ड युथ सोसाइटी भिमली भएका छन् । प्रथमले रु.दुई लाख ५० हजार, दोस्रोले रु.दुई लाख र तेस्रोले रु.एक लाख ५० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । पालिकाभित्र रहेका १ देखि ६ वडाले कला, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । वडा नम्बर ६ को कार्यालय धुन्चेले व्यवस्थापन गरेको प्रतियोगितामा गायक सुगम पोखरेलसहित स्थानीय कलाकार शिशिर थोकरको साङ्गीतिक प्रस्तुति रहेको थियो ।







प्रतिक्रिया