Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानटारमा पुरुषोत्तम महामहोत्सव सुरु

गोत्रअनुसार हवन

सल्यानटारमा पुरुषोत्तम महामहोत्सव सुरु
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धादिङबेँसी । गत वैशाख २९ गतेदेखि धादिङ जिल्ला, त्रिपुरासुन्दरी-१, सल्यानटारस्थित ऐतिहासिक नृसिंहधाममा एकमहिने ‘पुरुषोत्तम महामहोत्सव’ सुरु भएको छ ।

यही जेठ १ देखि ३० गतेसम्म दैनिक सञ्चालन हुने बताइएको छ । वैदिक सनातन परम्पराअनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एक मात्र पीठका रूपमा परिचित नृसिंहधाम धार्मिक दृष्टिले अति महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ । स्कन्द र वराहपुराणमा समेत उल्लेखित यस धामलाई भगवान् नृसिंहदेव प्रकट भएको पवित्र स्थलका रूपमा श्रद्धापूर्वक हेरिन्छ । पुरुषोत्तम महिनाको अवसर पारेर यस वर्ष विशेष पूजा, हवन तथा धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार यसपटक गोत्रअनुसारका हवन कुण्ड निर्माण गरी विशेष हवन गरिनेछ भने विभिन्न एक सय आठ तीर्थस्थलमा सम्पन्न यज्ञको पूर्णाहुति पनि यहीँ गरिने भएकाले कार्यक्रम थप विशेष हुने अपेक्षा गरिएको छ । मूल पुरोहित श्रीवास कृष्णदास ब्रह्मचारीले प्रत्येक भक्तका लागि गोत्रअनुसार हवन कुण्ड निर्माण गरिएको ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह