Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

क्रसर उद्योग सङ्घको अध्यक्षमा चित्रकार

नवीकरण नहुँदा असहज

क्रसर उद्योग सङ्घको अध्यक्षमा चित्रकार
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट क्रसर उद्योग सङ्घको अध्यक्षमा विष्णुकुमार चित्रकार निर्वाचित हुनुभएको छ । शनिबार भएको सङ्घको चौथो अधिवेशनले चित्रकारको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घका उपाध्यक्षमा आत्मा श्रेष्ठ, सचिवमा संजोक दुराल र कोषाध्यक्षमा प्रकाश कुँवर तथा सदस्यमा नवराज ढुङ्गाना, रामबाबु जिसी, रमेश मिश्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले सङ्घका सल्लाहकारमा सुन्दर दुवाल, शिव अधिकारी, कृष्ण अधिकारी, राजाराम अधिकारी र राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । यसअघि सङ्घको १२औँ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष देवराज लुइँटेलले सरकारले क्रसर उद्योग नवीकरण नगरे बन्द गर्ने बताउनुभयो । उहाँले क्रसर उद्योग नवीकरण नभए उद्योगको तालाचाबी सरकारलाई बुझाउने चेतावनीसमेत दिनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष शिव अधिकारीले क्रसर उद्योगबाट जिल्लामा धेरै राजस्व उठ्ने गरे पनि व्यवसायीलाई राज्यले हेर्ने नजर फरक परेको बताउनुभयो । उहाँले व्यावसायिक हकहितका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । जिल्लामा अहिले झन्डै दुई दर्जनको हाराहारीमा क्रसर उद्योग दर्ता भएका तर नवीकरण नभएका सञ्चालनमा छन् । सञ्चालनमा रहेका सबै क्रसर उद्योग मापदण्ड नपुगेकाले वि.सं. २०७२ देखि नवीकरण भएका छैनन् । क्रसर उद्योग नवीकरण नहुँदा सञ्चालनमा पटकपटक प्रहरी-प्रशासनबाट अवरोध हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह