Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

भत्काइयो राष्ट्रिय वन क्षेत्रभित्र बनाइएका संरचना

भत्काइयो राष्ट्रिय वन क्षेत्रभित्र बनाइएका संरचना
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धादिङबेँसी । धादिङ जिल्लामा सार्वजनिक वनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काउन सुरु भएको छ । डिभिजन वन कार्यालय धादिङले पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–रोराङ– ३ स्थित राष्ट्रिय वन क्षेत्रभित्र बनाइएको संरचना डोजर प्रयोग गरी हटाएको हो ।

वन कार्यालय धादिङका प्रमुख रोस्ना पोखरेलका अनुसार लामो समयदेखि विवादमा रहेको उक्त भवन सर्वोच्च अदालतको विसं २०७९ को आदेशअनुसार भत्काइएको हो । प्रमुख पोखरेल धादिङ सरुवा भएर आएको ६ महिना भएको छ । उहाँले सुरुदेखि सार्वजनिक वनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाउने प्रक्रिया अगाडि बढाउनुभएको थियो । जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरेर प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख पोखरेलले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । घरधनीले संरचना निजी जग्गामा रहेको दाबी गरे पनि प्राविधिक परीक्षणबाट भवन राष्ट्रिय वनभित्रै रहेको पुष्टि भएपछि सूचना दिएर भत्काइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह