Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
३९ मिनेट अगाडी

प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेको काङ्ग्रेसले पार्टी उकास्न जरा अभियान सुरूआत गरेको नि दुई मैना भइसक्यो गाँठे । बितेको वर्ष चैतदेखि जिल्लागत रूपमा गरिएको सो अभियानले देशभर नै सदस्यता अद्यावधिक गर्ने वा नगर्ने दुईथरी धारले दुई खेमामा विभाजन भएनि न्वाँकोटाँ एक ढिक्का भएर सदस्यता अद्यावधिक गर्न महत र केसी एन्ड बहादुर कम्पनी वडा तहसम्म घामपानी, भोकतिर्खा नभनी खटिरहेको देखेर टिठ मात्र लागेको छ । विशेष महाधिवेशनमा जिल्लाबाट ५२ जनाले भाग लिन पाउने भएनि १९ जनाले हस्ताक्षर गरेकामा १५ जना मात्र सहभागी भएसि केसी एन्ड कंपनीको अवस्था बताइरहनु नपर्ला कि ? छयालिस सालको जनान्दोलनपछि न्वाँकोटाँ नेताँ दरिन खोजेका तर ढङ्ग नपु¥याई अघि बढ्ने केउरिनीका चुच्चे नाक भा’का दाइ यस पटक जिल्ला सचिवलाई अघि लगाएर चाक्सीबारीतिर यताउता गर्दै लौहपुरुषको लौरो खोजिरहेको त्रिनेत्रले चाल पाइहाल्यो । जिल्लाका कार्जेकर्ता दल फुटाएर नेता बन्न लाग्लान् कि, नलाग्लान्, सबैको चासो यसैमा छ । नेतापुत्र प्रकाशमान, विमलेन्द्रहरू नयाँ हिन्दू दल खोल्ने भन्दै शङ्ख खोजिरहेको नि साराले चाल पाएसि पेन्डुलम पो हुँदैछन् वासुदाइ !

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह