Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नौ सय ८० को निःशुल्क मुटु परीक्षण

नौ सय ८० को निःशुल्क मुटु परीक्षण
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । जिवजिवे ग्रामिण अस्पतालको आयोजनामा रसुवा जिल्ला, कालिका-५, जिवजिवेमा दुईदिने मुटु परीक्षण एवं निःशुल्क उपचार शिविर आइतबार सम्पन्न भएको छ । शिविरमा नौ सय ८० जनाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ ।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा शनिबार र आइतबार सञ्चालन भएको शिविरमा नौ सय २० जनाको इको र एक सय २० जनाको इसिजी गरिएको थियो । परीक्षणको क्रममा मुटुमा गम्भीर समस्या देखिएको १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौँस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिफारिस गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह