Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

‘खानेपानी अक्षयकोष’ स्थापना गर्ने सम्मानित

‘खानेपानी अक्षयकोष’ स्थापना गर्ने सम्मानित
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । नुवाकोटको ऐतिहासिक, धार्मिक भैरवी मन्दिरपरिसरमा पिउने पानी व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने दाताहरूलाई भैरवी भजनमण्डलले शनिबार सम्मान गरेको छ । विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले अक्षयकोष स्थापनाका लागि भैरवी भजनमण्डलको आह्वानमा नगद तथा जिन्सी सहयोग रु.पाँच हजारभन्दा माथि गर्नुहुने दातालाई सम्मान गर्नुभएको थियो ।

भजनमण्डलको आह्वानमा ‘खानेपानी अक्षयकोष’ का लागि आर्थिक सहयोग जुटाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने व्यवसायी एवम् समाजसेवी विनोदराज श्रेष्ठलाई विशेष सम्मान र अन्य एकसय चार दातालाई सम्मान गरिएको भजनमण्डलका अध्यक्ष नारायणमान डङ्गोलले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । मन्दिरपरिसरमा पिउने पानी व्यवस्थाका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको आह्वान गरिएको थियो । सम्मान ग्रहण गर्दै कार्यक्रममा विनोदराजले भन्नुभयो, ‘सहयोग जुटाउन उत्प्रेरणा दिनुहुने नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाको अध्यक्ष ईश्वरमान श्रेष्ठले पाँच वर्षअगाडि मन्दिरमा दर्शनार्थी भक्तजनलाई पिउने पानीको अभाव छ, एउटा अक्षयकोष खडा गर्न पाए त्यसैको ब्याज रकमले पानी किनेर भए पनि पिउने पानी उपलब्ध हुन सक्ने कुरा राख्नुभएपछि सहयोग जुटाउन सुरु गरिएको थियो,’ ‘भजनमण्डलसँग समन्वय र सहकार्य गरेर मेरो नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको आह्वान गरेको थिएँ । सो आह्वानलाई स्थानीय, देश-विदेशमा रहेका भक्तजन र दाताबाट स्वस्फुर्त प्राप्त आर्थिक सहयोगबाट खर्च कटाएर रु.आठ लाखको अक्षयकोष स्थापना गरिएको छ । अहिले मन्दिरमा पिउने पानी र शौचालयसमेतलाई पुग्ने गरेर पानीको विगत एक वर्षदेखि व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह