विदुर । नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाको दोस्रो साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विसं २०८० पुसमा दर्ता भई सोही वर्ष समाजकल्याण परिषद्मा दर्ता भएर सामाजिकका साथसाथै धार्मिक सम्पदाको उत्खनन, संरक्षण र निर्माणमा लागिरहेको छ ।
संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठको सभापतित्वमा भएको सभा उपस्थितमध्ये ज्येष्ठ सदस्य एवम् भैरवी भजनमण्डलका अध्यक्ष नारायणमान डङ्गोलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई कार्यसमितिका सदस्य गौतममान सिंह, समाजसेवी विनोदराज श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आयव्यय विवरण उपाध्यक्ष रामलाल डङ्गोलले प्रस्तुत गर्नुभएको थियो । १५ सदस्यीय कार्यसमिति, २४ मानार्थ सदस्य, एक सय २६ आजीवन सदस्य र १७ साधारण सदस्य रहेको महासचिव कुवेरलाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यसमितिको सचिवमा अनेश शाक्य, कोषाध्यक्षमा सरोज डङ्गोल र सदस्यमा शर्मिला श्रेष्ठ, सुमित्रा डङ्गोल, निशा खरेल, रविन डङ्गोल, शैलेन्द्र बज्राचार्य, भीमराज बज्राचार्य, प्रकाशवीर शाक्य, सुजित श्रेष्ठ र मीनहिरन बज्राचार्य हुनुहुन्छ ।







प्रतिक्रिया