+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
११ घण्टा अगाडी

हाम्रा नेताहरूको राष्ट्रवादी कुरा इन्द्रको बाबु चन्द्रले पनि जान्दैन । सडकमा एउटा कुरा, सत्तामा पुगेपछि अर्को कुरा गर्ने बानीले कतिखेर फुत्तै चिप्लिने कुनै ठेगान नहुने कस्तो रोग लाग्या हो भन्या । छिमेकी मित्रराष्ट्रलाई जति गाली ग¥यो त्यति राष्ट्रवादी हुने फोबियाले विगतमा काङ्ग्रेस-कम्युनिस्टका नेता सत्तारोहण र सत्ताविहीन कतिखेर कुनै ठेगान नभएको त देखेकै हो क्यारे । ग्रेटर नेपालको नारा उरालेर काठमाडौँको मेयर भएका कालो रङ्ग मन पराउने कालीबाबा अहिले प्रधानमन्त्री भएपछि बोल्दै नबोल्ने, बोलेपछि देशको पक्षमा भन्दा पनि मित्रराष्ट्रको पक्षपोषण भएपछि जय नेपाल कमरेडको भन्दा पृथक शैली प्रस्तुतिले संसद् अवरोध गर्नुपर्ने त विपक्षीको धर्म नै हो क्यारे ! देश बनाउनेभन्दा पनि सात पुस्तालाई पुग्ने गरी कमाउनेकै पथमा हिँडेपछि घन्टी पार्टीको पारा पनि चाल पाइहालियो । छिमेकीले रक्षा नगरे पनि पशुपतिनाथले रक्षा गरून् ।

एक दशकअघि सुरु भएको सडक विस्तार योजना सदरमुकाम विदुर क्षेत्र प्रवेश नै गर्न नसक्नु जनप्रतिनिधि र नेताको नालायकीपन हो कि ठेकेदारको गोलमाल भा’को अल्छी कि गल्छी योजनालाई नै थाहा होला । विकासको मोडल गँगटेदेखि ढुङ्गे हेर्यो भने यसपटक वर्षामा नगरपालिकाले सडकमा माछापालन गरे कसो होला ए राजन ? जिल्लाको राजधानी ठुला-साना प्रशासक, नगर पितादेखि सर्वसाधारण दैनिक ओहोर-दोहोर गर्ने सडकको दुर्दशा भोग्नेले आमाचकारी गाली गर्दै हिँडेको प्वाल परेको कानले नसुन्ने सदरमुकामवासी कोही भएनन् गाँठे । सडक बनाउने भनेर डेढ महिनाअगाडि डोजरआतङ्क चलाउने मनुवाहरू सडक जीर्ण र खाल्टा-खुल्टी भएर बिजोग कसरी हेरिरहेका होलान्, भैरवी, वनदेवी र जालपादेवीले कृपा गरेर महँगा गाडी चढ्नेहरूले नै जानून् ।

Star Nuwakot Hospital

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह