+
Search

ताजा अपडेट +

पपुलर +

साल्मेका सिपबहादुर दोस्रोपटक चोमोलोङ्मामा

साल्मेका सिपबहादुर दोस्रोपटक चोमोलोङ्मामा
त्रिशूली प्रवाह
११ घण्टा अगाडी

विदुर । पछिल्लो समय सगरमाथा आरोहण गर्नेमा नुवाकोटको पनि नाम आउन थालेको छ । राजनीति र अन्य क्षेत्रमा अग्रपङ्क्तिमा नाम आउने गरे पनि हिमाल आरोहण गर्नेमा नुवाकोट विगतमा गुमनाम नै थियो । गत वर्षको याममा फरक-फरक टोलीमा सहभागी भएर नुवाकोटका दुई युवा एक दिनका फरकमा विश्वको सर्वोच्च शिखर चढ्न सफल भएका छन् । किस्पाङ-४, साल्मेका २६ वर्षीय सिपबहादुर तामाङ जेठ ५ गते बिहान ७ बजे चोमोलोङ्मा पुग्न सफल भएको स्थानीयवासी रवीन्द्र तामाङले जानकारी दिनुभयो ।

Star Nuwakot Hospital

गत हप्ता सिपबहादुरले दोस्रोपटक सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको उहाँले बताउनुभयो । पर्यटक मार्गदर्शकका रूपमा काम गर्दै आउनुभएका सिपबहादुरले गत वर्ष पहिलोपटक र यस वर्ष दोस्रोपटक सगरमाथाको चुचुरामा पुगेको समाचारले गाउँवासी खुसी भएकाले उहाँलाई भेट्न, स्वागत र सम्मान गर्न आतुर रहेको किस्पाङ-४ का पूर्ववडाध्यक्ष एकराज घलेले बताउनुभयो । सगरमाथा आरोहण याम लागेका वेला नुवाकोटका डा.अरवीन्द्र खड्काले पनि दोस्रोपटक सगरमाथा सफल आरोहण गर्नुभएको छ । विदुर-२, बोहरापानीका खड्का सेभेन समिट ट्रेक्सको १७ सदस्यीय टोलीमा सहभागी हुँदै २०८२ जेठ ४ गते बिहान ४ बजे सगरमाथाको चुचुरामा पुग्नुभएको थियो । यस वर्ष रसुवा जिल्ला, गोसाईँकुण्ड-६ का भोला तामाङले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको जानकारी पत्रकार ज्ञानेन्द्र न्यौपानेले दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह