+
Search

ताजा अपडेट +

पपुलर +

एसइईमा चार जिपिए प्राप्त विद्यार्थी जनही रू.५० हजारबाट सम्मानित

एसइईमा चार जिपिए प्राप्त विद्यार्थी जनही रू.५० हजारबाट सम्मानित
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धादिङबेँसी । नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नगरपालिकाले एसइईमा चार जिपिए हासिल गर्ने पाँच विद्यार्थीलाई जनही रु.५० हजारसहित सम्मान गरेको छ । एसइईमा शतप्रतिशत नतिजा हासिल गर्ने धादिङ जिल्लाका भैरवी र शङ्खादेवी माध्यमिक विद्यालयलाई जनही रु.दुई लाख प्रदान गरिएको नगरपालिकाले जनाएको छ । आधारभूत तहमा उत्कृष्ट नतिजा हासिल गर्ने सात विद्यालयलाई प्रतिविद्यालय रु.५० हजार पुरस्कार प्रदान गरिएको छ । नगरपालिकाका अनुसार एसइईमा शतप्रतिशत नतिजा दिलाउने एक सय ११ तथा आधारभूत तहमा शतप्रतिशत नतिजा दिलाउने एक सय ९६ विषयगत शिक्षकलाई समेत सम्मान गरिएको छ । सम्मान कायक्रममा नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्टले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने उद्देश्यले नगरपालिकाले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । नीलकण्ठका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र जनप्रतिनिधिबिच प्रभावकारी सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

Star Nuwakot Hospital

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह