+
Search

ताजा अपडेट +

पपुलर +

आगामी वर्ष तुप्चेमा प्याजको बिउ उत्पादन

आगामी वर्ष तुप्चेमा प्याजको बिउ उत्पादन
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । राष्ट्रिय कृषि आधुनिकीकरण (जोन) कार्यक्रम नुवाकोटले आगामी वर्ष विदुर-७, तुप्चेमा प्याजको बिउ उत्पादन गर्ने जनाएको छ । जोन कार्यक्रमअन्तर्गत सूचीकृत अगुवा कृषक, सहकारी सहभागीलाई आयोजित प्राविधिक वार्तालाप गोष्ठी समापनको अवसरमा गत बिहीबार कृषि अधिकृत मित्रलाल पौडेलले आगामी वर्ष तुप्चेलाई प्याजको बिउ उत्पादनमा लैजाने जानकारी दिनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद्का कृषिविज्ञ, कृषि विकास कार्यालयका अधिकृत, राष्ट्रिय कृषि आधुनिकीकरणका प्राविधिक तथा कृषि अधिकृतसहित ४० नयाँ तरकारी जोनको सूचीकृत अगुवा कृषक, सहकारी प्रतिनिधिलगायत सहभागीलाई कृषि बालीमा लाग्ने रोग, किरा, विशेषगरी गोलभेँडा खेती र प्याजको बिउ उत्पादनसम्बन्धी जानकारी दिइएको थियो । जोन सञ्चालन समन्वय समितिका संयोजक रूपबहादुर तामाङका अनुसार गोष्ठीले गर्दा कृषकलाई खेतीमा भएका रोग र किरा पहिचानमा सहयोग पुगेको जानकारी दिनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम थप एक वर्षका लागि सञ्चालन हुने कार्यालय प्रमुख रवीन्द्र पौडेलले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह