+
Search

ताजा अपडेट +

पपुलर +

उज्यालो नेपाल पार्टी रसुवाको अध्यक्षमा टेकबहादुर

उज्यालो नेपाल पार्टी रसुवाको अध्यक्षमा टेकबहादुर
त्रिशूली प्रवाह
३ महिना अगाडी

धुन्चे । उज्यालो नेपाल पार्टी रसुवा जिल्लाको सोमबार हालै  भएको पहिलो भेलाले जिल्ला कार्यसमितिको अध्यक्षमा टेकबहादुर तामाङलाई सर्वसम्मत चयन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कार्यसमितिका उपाध्यक्षमा उर्केनछोमो तामाङ, सचिवद्वयमा पाराङवास्याङ्वा तामाङ र मेन्दो तामाङ, कोषाध्यक्षमा श्याममाया तामाङ तथा सदस्यमा गोपाल ग्लान, छोवाङसोनाम वाइवा, किप्पाछिरिङ तामाङ, पासाङ तामाङ, लामादोर्जे तामाङ, सुकबहादुर लोप्चन, हर्कबहादुर लोप्चन, करिना थिङ, ल्हाचेन तामाङ, तुलुकर्मा लोप्चन, सञ्जय तितुङ, सेरछोवाङ लामा र अर्जुन तामाङ हुनुहुन्छ । केन्द्रीय अध्यक्ष कुलमान घिसिङले उद्घाटन गर्नुभएको भेलाले विधानअनुसार उज्यालो नेपाल युवा फ्रन्ट नेपाल रसुवा जिल्ला अध्यक्षमा तेन्जिङ तामाङ, उपाध्यक्षमा रामकुमार थिङ र थप एक उपाध्यक्ष सचिव, कोषाध्यक्ष चयन हुन बाँकी राखी सहसचिवमा अभिशेष तामाङ र सदस्यमा राजकुमार तामाङ, विशाल तामाङ, ऋषि बादी, सोमबहादुर तामाङ र वीरलाल तामाङलाई चयन गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह