बोलीमा नयाँ, व्यवहारमा पुराना दलकै सिको गरेसि गत फागुन २१ मा घन्टीमा भोट खन्याउने जनताको आशा खरानी होला कि भन्ने चिन्ताले तेस्रो आँखालाई छट्पटी भइरा’छ भन्या ! पर्जातन्त्र, लोक्तन्त्र, गाँडतन्त्रको झन्डै साढे तीन दशकमै आ-आफ्नो बिजोग भएसि काङ्ग्रेस-कम्युनिस्टले छिमेकीलाई सराप्दै नक्कली राष्ट्रवाद नउरालेर के गरून् त ? नयाँ शक्तिका रूपमा उदाएका उरन्ठेउलेहरूले जिल्ला, प्रदेशका चुनाउमा दुई प्यानल बनाएर शक्ति परीक्षण गर्दा बागमती प्रदेशका नुवाकोटे ठिटाको दोस्रो पालि नेतृत्व गर्ने धोको दुई नम्बरले खत्तमखलास भो गाँठे । पहिलेदेखि नै न्वाँकोटेलाई टक्कर दिने र ठक्कर ख्वाउनेमा मकवानपुरे अब्बल भइरा’छन् भन्या ! प्रदेश राजधानी हेटौंडातिर पुर्याएसि सबै दल र ठुला पदमा पिर्थीनारन शाहकै ससुरालीको हालीमुहाली पो हुन लाग्यो । सभापतिकै थर भएकाले सरकारी स्रोत र साधन भरपूर प्रयोग गरेका गोरा डा’साबलाई प्रदेश सभापतिमा बालेन गुटले हराएको हो भन्ने गत निर्वाचनको टिकट काण्ड गाइँगुइँ पो छ यता काजीसाब !







प्रतिक्रिया