+
Search

ताजा अपडेट +

पपुलर +

रक्तदाता दिवस : ८२ पिन्ट रक्तदान

रक्तदाता दिवस : ८२ पिन्ट रक्तदान
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

कालिकास्थान । कालिका गाउँपालिका, नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय मावि कालिकास्थान २०५६ ब्याचको सहकार्यमा गत जेठ ३१ गते विश्व रक्तदाता दिवसका दिन गरिएको रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत सङ्कलन भएको छ । सङ्कलित रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको स्वयम्सेवी रक्तदाता समाजका उपाध्यक्ष तारा कार्कीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

देशमा रगत अभाव हुन नदिन रसुवाबाट पनि योगदान गर्ने हेतुले रक्तदान अभियानकै रूपमा आयोजना गरिएको बताइएको छ । सन् २००४ देखि देशभर निरन्तर रूपमा हरेक वर्ष जुन १४ तारिखमा विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । पहिलो रक्तदाता उत्तरगया-४ का माधव लामिछानेलाई कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले रगतको झोला हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको कालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह