+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयामा पाँच टन फोहोर सङ्कलन र व्यवस्थापन

उत्तरगयामा पाँच टन फोहोर सङ्कलन र व्यवस्थापन
ज्ञानेन्द्र न्यौपाने
१ दिन अगाडी

धुन्चे । नुवाकोट र रसुवाको सिमाना त्रिशूली र फँलाखु नदीको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधामको सरसफाइमा पाँच टन फोहोर सङ्कलन भएको छ । वातावरणको स्वच्छता कायम गरी धार्मिक एवम् पर्यटन क्षेत्रका रूपमा विकास गर्ने अभिप्रायले गत शनिबार उत्तरगयाधाममा फोहोर सङ्कलन र व्यवस्थापन गरिएको छ ।

Utsuk Books & Stationery

पवित्र तीर्थस्थल उत्तरगयाधाम केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, नेपालको इतिहास, संस्कृति, सभ्यता र वातावरणीय चेतनाको महत्त्वपूर्ण संगमस्थल रहेकोले यसको सरसफाइमा सबैले साथ र सहयोग दिनुपर्ने उत्तरगया-५ का वडाध्यक्ष यमनाथ आचार्यले बताउनुभयो । उत्तरगया-५ कार्यालय, उत्तरगयाधाम संरक्षण समिति, वन उपभोक्ता महासङ्घ तथा डिभिजन वन कार्यालय रसुवाको संयुक्त आयोजनामा धामपरिसरको सरसफाइ गर्दा सङ्कलन भएको पाँच टनभन्दा बढी फोहोर व्यवस्थापन गरिएको स्थानीय बुद्धिजीवी गणेश श्रेष्ठले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । स्थानीय पुरोहित वसन्तकुमार लामिछानेका अनुसार धाम क्षेत्रको संरक्षण र स्वच्छता कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएकोले धार्मिक तथा प्राकृतिक महत्त्वलाई थप उजागर गरेको छ । सरसफाइका क्रममा सङ्कलन भएको प्लास्टिकका बोतल, कपडाका टुक्रा तथा अन्य विविध प्रकारका फोहोर सङ्कलन गरी व्यवस्थापन गरेपछि धाम क्षेत्रको सौन्दर्यमा उल्लेखनीय सुधार देखिएको डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने