+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विकासको ढाँचा भन्दै नेतादेखि कर्मचारीसम्मको ध्याउन्न लक्ष्मी प्राप्तिमै भएसि नियमन गर्ने निकायले के पो गरून् गाँठे ? न्वाँकोट र रस्वाका आधा दर्जन धार्मिक स्थल कुरूप हुने गरी भौतिक संरचना बनेको देख्दा पाप-धर्मको नकुरा गरौँ । न गुरुयोजना बनाए, न डिपिआर । जालपा, चिम्टेश्वर, दुप्चेश्वर, साततले दरबार, बेत्रावती, गोसाईँकुण्ड क्षेत्र अहिले जताततै जसलाई जे मन पर्यो, त्यही बनाइदिँदा विरूप हुने हो कि भन्ने चिन्ताले त्रिनेत्रको निदहराम् भइरा’छ क्या ! उपबुज्रुकहरूले विनायोजना कतै शिवलाई फोहोरा हालेका छन्, कतै पण्डित गणेशको मूर्ति हालिदिएका छन्, कतै डाँडैभरि चैत्य भन्दै बुद्धको मूर्ति, न कतै सूचना बोर्ड, न त नेमप्लेट । सनकका भरमा सम्पदाकै मौलिकपन मेटाउन कोही-कोही तल्लीन देख्दा…लाई भन्दा देख्नेलाई लाज । स्थानीय पालिकाका सरकार प्रमुख र हाकिम पनि यसो हात थाप्न पाए, लौ लौ जे जे, जाँ जाँ मन पर्छ बनाउनू भन्दै आँखा चिम्लने, यिनका सद्बुद्धि कैले आउने हुन् कुन्नि ?

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह