बेत्रावती । रसुवा जिल्ला, उत्तरगया-५, बेत्रावतीबाट ४३ हजार अमेरिकन डलरसहित गत महिना सुशील गुरूङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहका अनुसार बेत्रावती प्रहरीचौकीले नियमित रूपमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१००६ ख.९५१५ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लुकाई-छिपाई ल्याएको डलर बरामद भएको हो । उक्त बसमा मानसरोवरको लागि जाँदै गरेको भारतीय नागरिक ३० जनाको ग्रुपका गाईड धादिङ गंगा जमुना-५ बस्ने ३७ वर्षिय गुरूङबाट डलर बरामद भएको प्रहरीले जानकारी दिएको छ । अमेरिकन डलर एक सयको तिन सय ६३ वटा, ५० को एक सय १२ वटा, २० को २९ वटा, १० को ५० वटा, पाँचको तिन वटा र एकको पाँच वटासहित गाईड गुरूङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजश्व विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया