+
Search

ताजा अपडेट +

पपुलर +

सापकोटा समाजद्वारा श्रीमद्भागवत सप्ताह सुरु

सापकोटा समाजद्वारा श्रीमद्भागवत सप्ताह सुरु
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । सापकोटा समाज विदुर-२, धरमपानी, नुवाकोटको आयोजनामा गत बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू भइरहेको छ ।

Utsuk Books & Stationery

कौडिन्य गोत्रीय सापकोटा परिवारद्वारा विदुर-२, धरमपानीमा असार १० देखि १८ गतेसम्म सञ्चालन भइरहेको महायज्ञको प्रमुख वाचकमा स्वामी श्री हरि प्रपन्नाचार्य (धु्रव अर्याल) गर्नुभएको छ । उहाँले कथावाचन गर्ने कार्यक्रममा सहभागी भई पुण्य प्राप्त गर्न आयोजकमध्येका गोपाल सापकोटाले अनुरोध गर्नुभएको छ । कुलपितृ उद्धार एवम् विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पलगायत दैवी दुर्घटनामा परी देह त्याग गर्नुभएका ज्ञात-अज्ञात मानव तथा जीव मात्रको उद्धार तथा कल्याणका लागि आयोजना गरिएको महायज्ञमा हुने अमृतमय पितृमुक्ति अनुष्ठानात्मक श्रीमद्भागवत कथा श्रवण गरी जीवन धन्य बनाउन अर्का आयोजक प्रेमकुमार सापकोटाले नुवाकोटवासीलाई आग्रह गर्नुभएको छ । गत पूर्वाङ्ग भई १६ गतेसम्म दैनिक कथा प्रवचन, रात्रिकालीन भजन, १७ गते साँझ लक्ष्यवर्ती प्रज्ज्वलन र १८ गते तिल अर्चना, हवन, पूर्णाहुति गरी समापन गरिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह