न्वाँकोटाँ सरकारी पाठ्यपुस्तकभन्दा सहयोगी र निजी प्रकाशनको पुस्तक विद्यालयमा पाठ्यक्रममा राख्न लगाउन सङ्घका पदाधिकारी नै व्यापार गर्न छाडेर मरिहत्ते गरेको देख्दा चाइन्जो ठुलै चलखेल पो हुँदा हो, हेरि चाइन्जो ? आइतबारे बिदाले कोर्स नसकिने चिन्ता गरेका माडसा’पले अभिभावकका ढाड भाँचेको भेउ पाए कि पाएनन्, त्रिपााठी समाजले देख्यो कि नाइँ, चाइन्जो ? जो अगुवा उही बाटो… कसो ? हेरि, सङ्घको नेतृत्वले नै विद्यालयका ढोका ढोकाँ पदको दुरुपयोग गर्दै अरू सदस्यका पेटमा लात हानेको पनि देख्नुप¥यो ! सरकारले विद्यालय शिक्षा पूर्वरूपाँ निःशुल्क भनेनि अभिभावकले भने छोराछोरी पढाउन गैरीखेत र गाईबाख्रा बेच्नुपरेको देख्दा चाइन्जो तीनआँखे पनि करुणाले द्रवित भएको छ ! सरकारी, निजी स्कुलाँ मोबाइल, ल्यापटप, स्मार्ट बोर्डको अफर गर्दै सरस्वतीलाई व्यापार गर्न पल्केका किताब बिचौलियाले प्रअदेखि विषयगत शिक्षकलाई समेत बदनाम गराउन सक्रिय भएनि व्यवस्थापन समिति र जनप्रतिनिधि चाइन्जो बेखबर देख्दा भने हेरि, कसै कसैको त कठालामा नै समातूँ झैँ लाग्ने क्या ! न्वाँकोटाँ आइतबार बिदाको निर्णय कार्यान्वयन गराउन चार तारा र हँसियाहथौडा पाटीका जनप्रतिनिधिले अवरोध गरेसि मान्य डा. साबहरूलाई केन्द्रमा नि साह्रै गाह्रोसाह्रो पो परेको सुनिन्छ, हेरी चाइन्जो !







प्रतिक्रिया