+
Search

ताजा अपडेट +

पपुलर +

काँक्रो : खान नजाने विष

काँक्रो : खान नजाने विष
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । आजभोलि गाउँघरदेखि सहरबजारसम्म काँक्रो सहज उपलब्ध छ । गर्मी मौसम सुरु हुनेबित्तिकै बजारमा ताजा र रसिलो काँक्रो छ्यापछ्याप्ती पाइन्छ । मानिस यसलाई सलाद, रायता वा सिधै नुन दलेर अचार बनाएर खान मन पराउँछन् किनभने काँक्रोले शरीरलाई शीतलता प्रदान गर्छ भन्ने मान्यता छ । यसमा पानीको मात्रा प्रशस्त हुने भएकाले डिहाइड्रेसनबाट बचाउन पनि मद्दत गर्छ । तर, के तपाईंलाई थाहा छ, गलत समयमा काँक्रो खाँदा तपाईंको स्वास्थ्यलाई फाइदाभन्दा हानि पनि पुग्न सक्छ ?

Utsuk Books & Stationery

हो, आज पनि धेरै मानिस यस कुरामा अनभिज्ञ छन् । धेरैले विनासोचविचार दिउँसो वा राति जतिवेला मन लाग्यो त्यतिवेलै काँक्रो खाने गर्छन्, जसले गर्दा उनीहरूलाई विभिन्न स्वास्थ्य समस्या सुरु हुन्छन् । त्यसैले काँक्रो खाने सही समय र तरिका जान्नु अत्यन्त जरुरी छ । काँक्रो खाने सही समय के हो, कस्ता मानिसले सावधानी अपनाउनुपर्छ र यसको सेवनले शरीरलाई के-कस्ता फाइदा पुग्छन् भन्नेबारेमा जानकारी दिने प्रयास यो लेखमा गरिएको छ ।

खाने सही समय
सबैभन्दा पहिला काँक्रो के-कसरी खाने भन्नेबारेमा जान्नु उपयुक्त हुनेछ ।

  •  काँक्रो दिउँसोको समयमा खानु सबैभन्दा उत्तम मानिन्छ ।
  • यसलाई बिहान खाली पेटमा पनि खान सकिन्छ ।
  •  राति काँक्रो खानबाट बच्नुपर्छ किनभने यो चिसो र भारी हुने हुँदा यसले पाचन प्रक्रियालाई सुस्त बनाउन सक्छ ।
  •  गलत समयमा खाँदा के-कस्ता बेफाइदा हुन्छन् ?
  •  राति खाँदा अपच र ग्यास्ट्रिकको समस्या हुन सक्छ ।
  •  धेरै मात्रामा खाँदा पेट फुल्ने समस्या हुन सक्छ ।
  •  यसको प्रकृति चिसो हुने भएकाले रुघाखोकी बढ्न सक्छ ।
  •  पाचन शक्ति कमजोर भएका व्यक्तिलाई समस्या हुन सक्छ ।

सही समयमा खाँदाका फाइदा

  •  शरीरमा पानीको मात्रा सन्तुलित राख्छ ।
  •  तौल घटाउन मद्दतगार हुन्छ ।
  •  छालालाई चम्किलो र स्वस्थ बनाउँछ ।
  • पाचन प्रणालीलाई बलियो बनाउँछ ।
  •  शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।
  •  रक्तचाप नियन्त्रण गर्न सहायक हुन्छ ।

सावधानी

  •  जसको पाचन शक्ति कमजोर छ ।
  •  जसलाई बारम्बार रुघाखोकी लागिरहन्छ ।
  •  जसलाई राति एसिडिटीको समस्या हुन्छ ।

खाने सही तरिका

  •  काँक्रो सधैँ ताजा र बोक्रासहित खाने कोसिस गर्नुपर्छ ।
  •  खानुअघि यसलाई सफा पानीले राम्ररी धुनु अत्यन्त जरुरी छ ।
  •  यसलाई सलाद, जुस वा रायता र अचारको रूपमा खान सकिन्छ ।
  • काँक्रोमा धेरै नुन नछर्कनुहोस्, यसले काँक्रोमा रहेका पोषक तत्त्वलाई घटाउँछ ।

(स्रोत : यो लेख मेडिकल रिपोर्टबाट सङ्कलन गरिएका जानकारीका आधारमा तयार पारिएको हो । यसमा उल्लिखित स्वास्थ्यसम्बन्धी समस्याबारे थप जानकारीका लागि आफ्ना चिकित्सकसँग परामर्श लिनुहोस् ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह