+
Search

ताजा अपडेट +

पपुलर +

जेठका उत्कृष्ट प्रहरीमा भण्डारी

जेठका उत्कृष्ट प्रहरीमा भण्डारी
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी जवान देपेन्द्र भण्डारीलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।

Utsuk Books & Stationery

इलाका प्रहरी कार्यालय ठाटीपोखरी गोरखा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय नुवाकोट अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत (कम्प्युटर कोड नं. ४६९८७७ सङ्केत नं. सी-००१३०२४३) प्रहरी जवान भण्डारीलाई गत हप्ता कार्यालयले सम्मानसमेत गरेको थियो । उहाँले जिम्मेवारी कार्यान्वयन गर्ने सम्बन्धमा सेवाग्राहीसँग सभ्य र शिष्ट भाषाको प्रयोग गरी छिटो-छरितो सेवा प्रवाह, जिल्लास्थित घटेका जघन्य, गम्भीर किसिमका घटनामा प्रमाणमुखी अनुसन्धान गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले जेठ महिनाका लागि उहाँलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जानकारी कार्यालयले दिएको छ । उहाँले विभिन्न जघन्य, गम्भीर घटनामा सिडिआर, बिटिएस प्रयोग, दर्ता कसुरको सिआरएस अभिलेख इन्ट्री तथा व्यवस्थापन, चालू आवमा सिआरएस जाँचका लागि आएका मानिसको सिआरएस चेकजाँच गर्दा फैसला कार्यान्वयनपश्चात् फरार २५ जना प्रतिवादी कार्यालयबाटै पक्राउ गरी पाँच महिना १० दिन कैद र रु.३१ लाख ७३ हजार दुई सय १२ जरिवाना असुलउपर गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । गत वैशाख २० गते म्यागङ-१ किम्ताङबेँसीस्थित समराज तामाङ र सूर्यमान तामाङ दुई दाजुभाइलाई भरुवा बन्दुकले प्रहार गरी हत्या कार्यपश्चात् फरार पाँचजना अभियुक्त पक्राउ गर्न र कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, डाँका, चोरीसम्बन्धी कसुर मुद्दामा अनुसन्धान अधिकृतको निर्देशनमा उत्कृष्ट तवरबाट अनुसन्धान गरी सम्मानित नुवाकोट जिल्ला अदालतमा पेस गर्न सफल हुनुभएकोमा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीसमेतलाई प्रोत्साहित गर्न उहाँलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताउनुभयो ।

प्रहरी कार्यालयमा शुक्रबारदेखि सुरु भएको तीनदिने मुचुल्का लेखनसम्बन्धी अनुशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । असार १२ देखि १४ गतेसम्म सञ्चालन भएको तालिममा कार्यालय मातहतमा कार्यरत प्र.ह. १, प्र.स.ह. ४, प्र.ज. १३ गरी जम्मा १८ जना प्रहरी कर्मचारी सहभागी थिए । सहभागी प्रशिक्षार्थीलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक रेग्मीले प्रमाणपत्र वितरण गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह