+
Search

ताजा अपडेट +

पपुलर +

नेका सभापति थापाको बाख्रा फार्म छानबिनमा

नेका सभापति थापाको बाख्रा फार्म छानबिनमा
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले विगत सरकारका पालामा चर्चामा आएर थन्क्याइएका भ्रष्टाचार काण्डका फाइल भटाभट निकाल्ने र केलाउन थालेपछि नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापालाई छटपटी भएको छ । निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित परिवार मुछिएको भ्रष्टाचार काण्डलाई छानबिन गरी कारबाही गरिनुपर्छ भन्ने थापा यस घटनामा भने मौन हुनुहुन्छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोट जिल्ला, हाल शिवपुरी गाउँपालिका साबिक सुनखानी गाविसमा सुनखानी एकीकृत कृषि केन्द्र नामक बाख्रा फार्म खोली सरकारले कृषिमा दिने अनुदान लिएर फार्म नै बन्द गरेको आरोप थापालाई लाग्दै आएको छ । पूर्वमन्त्री थापाले कृषि अनुदान झन्डै रु.१४-१५ करोड लिएर फार्म नै बन्द गरी सरकारी अनुदानको दुरुपयोग गरेको आरोप लागेको विषयमा विगतका काङ्ग्रेस माओवादी, माओवादी एमाले र एमाले काङ्ग्रेस संयुक्त सरकारलाई छानबिन गराउन चौतर्फी दबाब आएको भए पनि उहाँको शक्ति र राजनीतिक पहुँचका अगाडि तीनवटै सरकार निरीह देखियो । कृषि अनुदान लिई बाख्रा पाल्ने भनेर नपालीकन सरकारी अनुदानको दुरुपयोग गरेको आरोप थापाले खेप्दै आउनुभएको छ । बालेन सरकारको निर्देशनमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले थापाको बाख्रा फार्मलगायत विभिन्न समयमा भएको कृषि अनुदान घोटालाको छानबिन गर्न सहसचिव बद्रीप्रसाद दाहालका नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले काम सुरु गरेपछि कृषिमा पहुँचको भरमा विगतमा दिएका अनुदान फिर्ता हुने र अनुदान लिनेलाई कारबाही हुने अपेक्षा नागरिकले गरेका छन् । कृषिअन्तर्गत बाख्रा फार्म सञ्चालनमा सरकारले दिने अनुदानमा थापाले घोटाला गरेको र त्यसको छानबिन हुनुपर्ने भन्दै आएका रास्वपा नेतृत्वमा सरकार गठन भएसँगै विभिन्न समयमा भएका कृषि अनुदान काण्डको छानबिनलाई तीव्र पारिएको छ । स्रोतका अनुसार विपक्षी नेताहरूलाई विशेष ‘फोकस’ गरिरहेको सरकारले काङ्ग्रेस सभापति थापाकेन्द्रित अनुसन्धानलाई विशेष महत्त्व दिइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह