+
Search

ताजा अपडेट +

पपुलर +

गृह मन्त्रालय कासामूको नतिजामा ७७ जिल्लामध्ये रसुवा तेस्रो, नुवाकोट छैटौँ

गृह मन्त्रालय कासामूको नतिजामा ७७ जिल्लामध्ये रसुवा तेस्रो, नुवाकोट छैटौँ
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । गृह मन्त्रालयले ७७वटै जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कनको त्रैमासिक नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार रसुवा तेस्रो र नुवाकोट छैटौँ स्थानमा रहेका छन् । बागमती प्रदेशकै रसुवा र भक्तपुरले समान अङ्क प्राप्त गरेर तेस्रो स्थान रहेको जानकारी मन्त्रालयले दिएको छ ।

Utsuk Books & Stationery

मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक अवधिको कार्यसम्पादन मूल्याङ्कनको श्रेणी तालिका गत हप्ता सार्वजनिक गरेको हो । जम्मा ५१ पूर्णाङ्क र प्राप्ताङ्क १८.२५ को भारका आधारमा ७७वटै जिल्लाको कार्यसम्पादन मापन गरी नतिजा तयार पारिएको छ । सार्वजनिक विवरणअनुसार, जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमा अपलोड गरेका फाइल, स्वीकृत विवरण, बाँकी र अस्वीकृत विवरणका साथै अन्तिम प्राप्ताङ्क (प्राप्ताङ्क प्रतिशत) का आधारमा श्रेणी विभाजन गरिएको छ । त्रैमासिकको मूल्याङ्कनमा हिमाली जिल्ला मनाङ समग्र कार्यसम्पादनमा पहिलो श्रेणी (श्रेणी एक) हासिल गर्दै उत्कृष्ट स्थानमा रहन सफल भएको छ । मनाङले शतप्रतिशत कार्य गर्दै १८ अङ्क प्राप्त गरेको छ । यसैगरी, म्याग्दी जिल्ला दोस्रो श्रेणी (श्रेणी दुई) सहित दोस्रो स्थानमा रहन सफल भएको छ ।

मूल्याङ्कनमा मकवानपुर, स्याङ्जा चौथो र पाँचौँ श्रेणीमा रहेका छन् । त्यस्तै, नुवाकोट छैटौँ, पूर्वी रुकुम, रूपन्देही, कास्की, झापा, डोटी र नवलपरासी पूर्वलगायतका जिल्ला क्रमशः विभिन्न श्रेणीमा समेटिएका छन् । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा र विकास समन्वयको डिजिटल रेकर्ड (अपलोड र स्वीकृति दर) लाई मुख्य आधार बनाएर यो मूल्याङ्कन गरेको जनाएको छ । यस प्रणालीले जिल्लाबिच प्रशासनिक दक्षता बढाउन प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह