+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी सक्रियताले रू.साढे तीन करोड राजस्व सङ्कलन

प्रहरी सक्रियताले रू.साढे तीन करोड राजस्व सङ्कलन
त्रिशूली प्रवाह
३ महिना अगाडी

टिमुरे । रसुवा जिल्ला, गोसाईँकुण्ड-२, टिमुरेमा रहेको रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले चालू आवको साउनदेखि चैत मसान्तसम्म राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्री जफतबाट करिब रू.तीन करोड ५१ लाख ७६ हजार चार सय २० राजस्व सङ्कलन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले २३, जिल्ला प्रहरी कार्यालयले १९, रसुवा भन्सार कार्यालयले चालू आवको नौ महिनामा १५ पटक विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा विभिन्न प्रकारका सामान समातेको थियो । समातेका सामानमा चकलेट, चाउमिनमा प्रयोग गरिने सस, अचार, रोल कपडा, तयारी पोसाक, बालबालिकाको खेलौना, कफी, थर्मस, भेप तथा चुरोट रहेको बताइएको छ । समातिएका सामान ८० प्रतिशत भन्दा बढी खाद्य उपभोग्य वस्तु रहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेले जानकारी दिनुभयो । प्रहरीको गस्ती, सवारी साधन चेकजाँच तथा प्राप्त सूचनाको आधारमा भेटिएका अवैध सामग्री नियन्त्रणमा लिएर रसुवा भन्सारमा बुझाउने कामलाई कडा गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक अशोक थापाले बताउनुभयो । राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई प्रभावकारी बनाएको छ ।

प्रनाउ थापाका अनुसार आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्सचालकले बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसार-पसार गरिएको घटना तथा क्रियाकलाप गरेको भेटपछि चालकलाई चैत ६ गते बेत्रावतीबाट प्रहरीले पक्राउ गरेको थियो र पछि कानुनी प्रक्रिया पूरा गरेपछि चालकलाई घरौटीमा रिहा गरी एम्बुलेन्स सम्बन्धित पालिकालाई बुझाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह