+
Search

ताजा अपडेट +

पपुलर +

असारको कार्ययोजनानुसार ४२ सवारी साधनको यान्त्रिक चेकजाँच

असारको कार्ययोजनानुसार  ४२ सवारी साधनको यान्त्रिक चेकजाँच
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले असार महिनाको कार्ययोजनाअनुसार गत हप्ता बेलकोटगढी नगरपालिका–५ कोल्पुटारस्थित गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा सवारी साधनका यान्त्रिक चेकजाँच सम्पन्न गरेको छ । चेकजाँचको क्रममा सर्भिसिङ र मर्मत सम्भार आवश्यक देखिएका सवारी साधनलाई प्राविधिक परीक्षणको लागि सिफारिस गरेको छ ।

Utsuk Books & Stationery

कार्यालयका प्रहरी हवलदार काशी थापाका अनुसार सचेतना कार्यक्रमअन्तर्गत असार २४ गते बुधबार ४२ सवारी साधनको यान्त्रिक चेकजाँच गरिएको थियो । यान्त्रिक कार्यालय नुवाकोटका इन्जिनियरसहितको टोलीले उक्त सडकखण्डमा गुडिरहेका बस सात, टिपर १०, जिप सात, अटो चार, ट्रक १०, इभी माइक्रेो चार गरी ४२ सवारी साधनको यान्त्रिक चेकजाँच गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । समयमा नै सर्भिसिङ एवं मर्मत सम्भार नहुँदा त्यस्ता सवारी साधनबाट हुन सक्ने सम्भावित सवारी दुर्घटना र त्यसबाट हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ चेकजाँच गरिएको बताइएको छ । चेकजाँच गरिएका सवारी साधनका चालकलाई सर्भिसिङ एवं मर्मत सम्भारको बारेमा सचेत समेत गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह