+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाका सिडिओमा परियार

रसुवाका सिडिओमा परियार
त्रिशूली प्रवाह
४९ मिनेट अगाडी

धुन्चे । गृह मन्त्रालयले गत शुक्रबार रसुवाका प्रमुख जिल्ला अधिकारीसहित द्वितीय श्रेणीका (उपसचिव) ४२ जनाको सरुवा गरेको छ । मन्त्रालयको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई रसुवाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएर सरुवा गरिएको छ भने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई गृहले अर्घाखाँची जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ ।

Utsuk Books & Stationery

यही असार १९ गते गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको थियो । रसुवाबाट अर्घाखाँची सरुवा हुनुभएका पन्थी सोमबार रमाना लिनुभई अर्घाखाँची गइसक्नुभएको छ । रसुवा सरुवा हुनुभएका परियारले बुधबारदेखि पदभार सम्हाल्नुभएको छ । गृह मन्त्रालयका अनुसार प्रशासनिक कार्यलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउने उद्देश्यले सरुवा गरिएको जनाइएको छ । नयाँ जिम्मेवारी पाएका अधिकारीलाई तोकिएको जिल्ला तथा कार्यालयमा शीघ्र हाजिर हुन निर्देशन दिइएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह