+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४४ मिनेट अगाडी

परिवर्तनको नारा घन्काएर तीन दशकदेखि सत्ताको स्वाद लिइरहेको घामपाटीले गत फागुनको निर्वाचनमा अस्तित्व जोगाउन धौधौ परेपछि अहिले पुनर्गठन पो गर्ने रे गाँठे ! सत्तामा रहँदा एउटा र बाहिर रहँदा अर्को कुरो गर्दै राष्ट्रियताको नारा उचालेर हिजोसम्म कार्जेकर्ता र जनतालाई दिग्भ्रमित पारे-पारे, अब त कामरेटहरूलाई जेन्जी कि फेन्जीले गर्दा गाह्रो पो पर्ने भो, च्वःच्वः ! केन्द्र, प्रदेश हुँदै जिल्लातिर पुनर्गठनको बहस हुन थालेसि अदक्ष कँडले सचिवलाई पो फ्याट्ट कावा दिएसि बचेखुचेका नेता/कार्यकर्ता निष्क्रिय पो हुन थाले गाँठे ! गत निर्वाचनमा सङ्घ, प्रदेश र पालिका जित्न नसकेनि झन्डै दुई दर्जन वडा त जितेको गफ चुटेर मेरा बाजेले घिउ खाका थिए, मेरो हात सुँघ-सुँघ भन्दै छन् बिचरा । सचिवलाई कावा अध्यक्ष दिएपछि कामरेटले पाटी नै छाड्ने चर्चाले सङ्गठित सदस्यता नवीकरण गर्नेको सङ्ख्या न्यून भएसि पाटीले भाङ्ग्रेसकै पथ समात्न लाग्या कि क्या हो ढुङ्गा कामरेट ?

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह